धरान, भदौ २३ र २४ मा भएको जेनजीहरुको प्रदर्शनमा ज्यान गुमाएकाहरुको आज मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिएको छ।
पशुपति आर्यघाटमा अन्तरीम सरकारका गृह तथा कानुन मन्त्री ओमप्रकास अर्याल र उर्जा मन्त्री कुलमान घिसिङले मृतकलाई राष्ट्रिय झन्डा ओडाएर सम्मान गरे।
मृतकका परिवारका सदस्यहरु र आफन्तले शव यात्रा सहित शव आर्यघाट पुर्याएका थिए। आर्यघाटमा मृतकका शवलाई सुरक्षा निकायले सलामी सहित सम्मान पनि गरेको छ।
सरकारले जेनजी आन्दोलमा ज्यान गुमाएकाहरुलाई सहित घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्योष्टि गर्ने र राष्ट्रिय शोक स्वरुप असोज १ गते सार्वजनिक बिदा दिने लगायतका निर्णय गराएको थियो।
सोही अनुसार आज उनीहरुको सम्मानका साथ अन्त्योष्टी गरिएको हो।
जेनजी आन्दोलनमा ज्यान गुमाएकाका शव यात्रामा उर्जामन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकास अर्यालसहभागि भएका थिए। मृतकका परिवार र आफन्तले शव यात्रासहित अन्त्योष्टी गरेका हुन्।




प्रतिक्रिया