धरान, भोजपुर सुनसरी सेवा समाजको भवन निर्माण सहयोगार्थ भाद्र २८ गते शनिबार चुम्लुङ हिम धरानमा आयोजना हुने 'भिषण साँगितिक साँझ-२०८२' केही समयको लागि स्थगन भएको छ।
मुलुकमा हाल भइरहेको विषय परिस्थितिका कारण उक्त साँझ स्थगन गरिएको आयोजक भोजपुर सुनसरी सेवा समाजका अध्यक्ष रेवतीरमण राईले जानकारी दिएका छन्।
अध्यक्ष राईका अनुसार परिस्थिति अनुकुल भए पश्चात उक्त साँझ आयोजना गरिने भएको छ।