विराटनगर, जेनजी पुस्ताको आन्दोलन र सुरक्षाको अवस्थालाई ख्याल गर्दै मनमोहन प्राविधिक विश्वविद्यालयले मंगलबार सबै संकायको पठनपाठन बन्द गराएको छ ।

विश्वविद्यालयका मुख्य अधिकृत सुजन भुर्तेलले विज्ञप्ती जारी गर्दै शैक्षिक वतावरणका लागि असहज अवस्थालाई ख्याल गर्दै विद्यार्थीहरुको हितका लागि मंगलबार एक दिन सबै संकाय अन्तगतंका कलेजहरुको पठनपाठन बन्द भएको जानकारी गराएका छन ।

कोशी प्रदेश सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयको केन्द्रिय कार्यालय मोरंगको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा रहेको छ ।