धरान, धरानका जेनजी पुस्ताका युवाहरूले भ्रष्टाचारविरुद्धको आन्दोलन सम्पन्न गरेका छन्।

आज धरानको मुख्य भानुचोकमा भेला भएका युवाहरूले नेताहरूले जनताबाट असुलिएको करको पैसा आफ्ना परिवारका विलासिता र तडकभडकमा खर्च गर्ने गरेको आरोप लगाउँदै तीव्र विरोध जनाएका हुन्।

Polish_20250908_190548981 1सामाजिक सञ्जालमार्फत भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा समेत असहज हुने गरेको आक्रोश उनीहरूले सडकमा पोखे। आन्दोलनका क्रममा युवाहरूले “भ्रष्टाचार अन्त्य गर”, “नेताको सम्पत्ति छानबिन गर”, “भ्रष्ट नेतालाई कडा सजाय दे” जस्ता नारा लगाएका थिए।

प्लेकार्डमार्फत युवाहरूले भ्रष्टाचारविरुद्ध कडा कानूनी कारबाही, नेताहरूको सम्पत्ति छानबिन, र पारदर्शी शासन व्यवस्थाको माग गरेका थिए।

Polish_20250908_173551347 1

Polish_20250908_192236386