धरान, धरानबाट लागूऔषध तथा नियन्त्रित औषधी सहित २ जना पक्राउ परेका छन्।
धरान उप-महानगरपालिका वडा नंबर १५ बाट स्थानीय ३६ बर्षीय हेम बहादुर तामाङ र धनकुटा घर भई धरान बस्ने २८ बर्षीय मिलन थापालाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुलाई शनिबार राती साँढे ८ बजे इलाका प्रहरी कार्यालय धरान र अस्थाई प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरी टोलीले लागूऔषध ट्रामोल २९१० क्याप्सुल र नियन्त्रित औषधी डिकोलिन २९५० ट्याब्लेट सहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी गराएका छन्।