धरान, भोजपुर छिनामखु समाज, धरानले आजीवन संरक्षक तथा आजीवन सदस्यता प्रमाणपत्र प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
आज धरान–१९ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको भवनमा कार्यक्रम आयोजना गरि भोजपुर स्थीत छिनामखु पुर्खौली भई धरानमा बसोबास गर्दै आईरहेकाहरुलाई आजीवन संरक्षक तथा आजीवन सदस्यता प्रदान गरि प्रमाणपत्र प्रदान गरेको हो।
समाजको संस्थागत सुदृढीकरण, सामुदायिक सहभागिता विस्तार तथा भावी पुस्तालाई प्रेरणा दिनका लागि आयोजना गरिएको उक्त समारोहमा संरक्षक आजीवन सदस्य ५ जना तथा आजीवन सदस्य ६७ जना, यसरी जम्मा संख्या ७२ जना व्यक्तित्वहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
आयोजक समाजको अध्यक्ष बलराम राईको सभापतित्व पूर्व संघीय सांसद जयकुमार बान्तावा राईको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा समाजको पूर्व प्रथम अध्यक्ष प्राध्यापक शरणकुमार राईलाई सम्मान गरिएको छ।
अध्यक्ष बलराम राईले छिनामखुको उज्यालो भविष्यका लागि समाजका सबैजनाले लागि पर्नुपर्ने बताउँदै, यसका लागि आजीवन संरक्षक तथा सदस्यता लिएर समाजमा जोडिन आग्रह गरे।
कार्यक्रममा प्रमुख अतिथि जय बान्तावा राईले भोजपुर छिनामखुको प्रथम स्कूल स्थापनादेखि लिएर वालगुरु षडानन्द र योगमाया न्यौपानेजस्ता प्रेरणादायी व्यक्तित्वहरूको योगदान स्मरण गर्दै, “छिनामखु समाजको गौरवशाली यात्रा अझ समावेशी, सशक्त र सुसंगठित बनोस्" भन्ने शुभकामना व्यक्त गरे।
यसैगरी कार्यक्रमको बिशेष अथिति हरियाली सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष तथा धरान-१९ नंबर वडा सदस्य झुमादेवी गुरुङले छिनामखु गाउँको योगदान र सुसंगठित बनोस् भन्ने शुभकामना दिईन्।
समाजका सचिव प्रकाश खाप्तु राईको संचालनमा भएको कार्यक्रममा सहसचिव रमेश बस्नेतले स्वागत मन्तव्य राख्दै छिनामखु गाउँको साँस्कृतिक र सामाजिक पृष्ठभूमि बताए।