धरान, धरान खेलकुद मन्चले आज ‘धरान स्पोर्टस् अवार्ड २०८२’ आयोजना गरेको छ।
धरान–१५ स्थित होटल धरान किचनमा भएको अवार्ड प्रदान कार्यक्रममा उत्कृष्ट खेलाडी महिला तर्फ वर्षा राई र पुरुष तर्फ साहिल राई घोषित भएका छन्।
कराँते खेलाडीहरुद्वय वर्षा र साहिलले ट्रफी सहित जनही नगद तीस हजार प्राप्त गरेका छन्।
यस्तै अन्य अवार्ड तर्फ वेष्ट राईजिङ प्लेयर टेवल टेनिस खेलाडी सुलेखा कुमारी ठाकुर र मोष्ट भ्यालुएबल पर्फमेन्स अफ दि इयर फुटबलर मनोज राई घोषित हुँदै जनही ट्रफी, नगद पन्ध्र हजार प्राप्त गरे।
मनोज राईले स्वर्गीय बिक्रम राई स्मृति बिशेष प्रतिभा पुरस्कार प्राप्त गरेका हुन्।
धरानको खेलकुद क्षेत्रका उत्कृष्ट व्यक्तित्वको सम्मानको निम्ति आयोजित उक्त अवार्ड कार्यक्रममा लिजेन्ट अफ दि ईयर कराँते प्रशिक्षक दिपेश शाक्य(मुकेश)लाई घोषित गर्दै दोसल्ला ओडाई सम्मान पत्र, ट्रफी र नगद रु १५ हजारले सम्मान गरिएको छ।
यस्तै उत्कृष्ट प्रशिक्षक किरण लामालाई घोषणा गर्दै सम्मान पत्र, ट्रफी, नगद २० हजार प्रदान भएको छ।
पत्रकारिताबाट धरानको खेलकुद क्षेत्रलाई योगदान दिएका पत्रकार ब्लाष्ट टाईम्स दैनिकका कार्यकारी सम्पादक भोजराज श्रेष्ठलाई खेलकुद पत्रकारिता पुरस्कारबाट नगद सहित सम्मान गरिएको छ।
मन्चको अध्यक्ष किशोर राईको सभापतित्व, कोशी प्रदेश सभा सदस्य विजय कुमार राईको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विशिष्ट अतिथीमा कोशी प्रदेश सभा सदस्य रमेश बस्नेत रहेका थिए।
यसैगरी कार्यक्रममा धरान उपमहानगर पालिकाका उपप्रमुख आईन्द्रबिक्रम वेघा, नेपाली कांग्रेस धरानका सभापति श्याम पोख्रेल, नेकपा एमाले धरानका अध्यक्ष हर्कजंग एभेङ, धरान ८ का वडा अध्यक्ष धनप्रसाद राई, धरान १७ का वडा अध्यक्ष सुर्यबहादुर भट्टराई(मनोज), धरान १८ का वडा अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण), एन्फा सुनसरी अध्यक्ष नबिन राई, धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङ, बरिष्ठ पत्रकार हर्ष सुब्बा, समाजसेवी प्रकास राई, सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन राई, समाजसेवी पञ्चकला राईलगायतको उपस्थीति रहेको थियो।