धरान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा संचालित स्वास्थ बिमा सेवा निरन्तर रहने कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बताए।

धरान-१९ स्थित  हरियालि पार्कमा दिवङगत नगर प्रमुख तारा सुब्बाको ७ औं स्मृति दिवस कार्यक्रममा आज सम्बोधन गर्दै उनले बताएका छन्।नेकपा पार्टी जनताको जनजिविकाको सवालमा जनताको पक्षमा शतिसाल भएर ढिगं उभिएको पार्टी भएको बताउदै उनले पछिल्लो समय जनताको स्वास्थ्यको पक्षमा विपि प्रतिष्ठान रेफरल सेन्टरको रुपमा मात्र नभई प्रथम सेवा विन्दुको रुपमा समेत कायम गराउन सफल भएको बताए।

Polish_20250717_213314906“यो ३ महिनाको लागि भनेर आएपनि यो सेवा निरन्तर रहन्छ, कहिल्यै हट्न दिदैंनौ जनता ढुक्क भए हुन्छ, बिमा सेवा निरन्तर रहन्छ” मन्त्री कार्कीले बताए।

 यसको लागि कोशि प्रदेश सरकारको क्षेत्राधिकार नभए पनि सधैं जनताको पक्षमा आफु उभिने उनले बताए।

धरानको प्रमुख समस्या खानेपानि हो, प्रदेश सरकारले मात्र नसक्ने भएकोले केन्द्र सरकारको समन्वयमा धरान लेउति सुरुङ मार्ग बनाउन अध्ययन गर्ने, सफल भए धरानको खानेपानि समस्यालाई पनि समाधान गर्ने बताए। “यदि अनुसन्धान सफल भए उच्च प्राथमिकतामा राखेर काम गरि धरानमा सुरुङ मार्ग र खानेपानिको समस्या समाधान गर्ने ” मन्त्री कार्कीले बताए। 

तारा सुब्बालाई सम्झिने हो भने धरानको विकास गर्न जरुरी रहेको उनले बताए। धरानको एमाले कायकर्ताहरुले धरानको विकासको लागि धरान बनाउन दृढ संकल्प गर्नुपर्ने बेला आएको बताए।

जसरी दिवङगत नगर प्रमुख सुब्बाले धरानको लागि पहल कदमी चलाएका थिए। त्यसैगरि लागि परे मात्र धरान विकास हुने भएकोले सबै कार्यकर्ताहरुलाई धरान बनाउन संकल्प गर्नुपर्ने बेला आएको उनले बताए।

धरानको चिन्डे डाँडा, धरान देखि साँगुरिगढी पदमार्ग लगायतमा आन्तरिक तथा बाह्य पर्यटक तान्न विकासको लागि पर्नुपर्ने बताए। पछिल्लो समय धरानको स्थायी बासिन्दाहरु बसाई सरेर जाने क्रम बढेको छ यसलाई रोक्नको लागि धरानमा स्वास्थ्य, शिक्षा, लगायत औधोगिक, आन्तरिक पर्यटकको क्षेत्रहरु बढाउन जरुरी रहेको छ। अनि मात्र बसाई सरेर जानेहरु पनि फर्केर आउन सक्ने उहाँले बताए।

Polish_20250717_213052796कार्यक्रममा कोशी प्रदेशका पूर्व सभामुख प्रदिप भण्डारी, पूर्व संघिय सांसद जयकुमार राई, कोशी प्रदेशको सभा सदस्यहरु विजयकुमार राई, रमेशकुमार बस्नेत, यसोदा कायस्थ, नेपाली कांग्रेस धरान सभापति श्याम पोख्रेल, जनता समाजवादी पार्टीका ताजुव लिम्बुलगायत एमाले नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।