धरान, सुनसरी उद्योग वाणिज्य संघ धरानको निर्वाचनबाट अध्यक्षमा गोपाल श्रेष्ठ विजयी भएका छन्।

मंगलबार १६०५ मत प्राप्त गर्दै श्रेष्ठ अध्यक्षमा विजयी बनेका हुन्। विजयी हुनेहरुमा वाणिज्य तर्फ सदस्यहरुमा क्रमशः नविन राजभण्डारीले ९२९ मत प्राप्त गरेका छन्।

यसैगरी अमित अग्रहरीले ९०१, शैलेशकुमार आचार्य प्रमोदले ८९९, शशी साहले ८२०, विवेक अग्रवालले ८४०, रामस्वरुप शर्माले ८६३, जयप्रकाश शर्माले ८५१, किसन मास्केले ७८५ र वाणिज्य महिला सदस्यमा बर्षा अग्रवाल श्रेष्ठले ८८० मत प्राप्त गरेर विजयी बनेका हुन्। 

उद्योग तर्फ विजयी बन्ने सदस्यहरुमा विष्णु वरालले ५५०, महेन्द्र प्रधानले ५४६, प्रभाव खतिवडाले ५०३, कृष्णप पाठकले ४८१ र एशोसिएट सदस्यमा ललितकुमार अग्रवालले ११७, राजेश अग्रवालले ८०, राजु शाहले ७५ ले मत प्राप्त गरेका छन्।

बस्तुगत तर्फका सदस्यहरु नविनकुमार तामाङ, नारायण लिम्बु र उद्योग महिला सदस्य तर्फबाट मीना राई भने निर्विरोध चयन भएका हुन्।

सोमबार धरान–१ स्थीत सुनसरी उद्योग वाणिज्य संघको भवनमा सम्पन्न निर्वाचनमा संघका कुल २,९०७ मतदाताहरु मध्ये जनाले २,३४० मतदान गरेका थिए।