धरान, गायक छिरिङ तामाङको नयाँ गीत 'सुकि' सार्वजनिक भएको छ।
उक्त नयाँ गीत शुक्रबार छिरिङ तामाङकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।
सामाजिक र भावनात्मक कथावस्तुमा आधारित गीत 'सुकि'मा प्रेम, आत्मसम्मान र सम्बन्धका संवेदनशील पाटाहरूलाई कलात्मक शैलीमा चित्रण गरिएको छ।
गीतमा युवा पुस्ताको जीवनशैली, सम्बन्धमा आउने उतारचढाव र मायामा देखिने दूरीलाई गहिरो रूपमा प्रस्तुत गरिएको छ।
उक्त गीतको निर्माण कागज प्रोडक्सनले गरेको हो। भिडियोको निर्देशन, छायांकन र सम्पादन पक्ष प्राविधिक हिसाबले सशक्त बनाइएको छ।
अभिनय पक्षमा भावनात्मक गहिराइ झल्किने दृश्यहरूले गीतलाई प्रभावशाली बनाएका छन्।
गीतको शब्द, संगीत र दृश्य संयोजनले समग्र रूपमा सशक्त बनाएको र यसले पनि अघिल्ला गीतहरू जस्तै श्रोतामाझ लोकप्रियता हासिल गर्ने विश्वास लिइएको छ।