धरान, लागू औषध सहित ६ जनालाई बुधबार सुनसरी र मोरङबाट प्रहरीले पक्राउ गरेको छ।
सामुदायीक प्रहरी बिट हवाई चौक सुनसरीले धरान–१५ का १९ बर्षीय मोहित राई र ईटहरी–२ का २२ बर्षीय अनिल मगरलाई २ सय ३५ क्याप्सुल सहित पक्राउ गरेको हो।
यसैगरी इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीले देवानगंज गाउँपालिका–२ का २० बर्षीय प्रकाश यादव र देवानगंज–७ का १९ बर्षीय धिरज यादवलाई ५ किलोग्राम गाँजा सहित पक्राउ गरेको हो।
लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले संखुवासभाको धर्मदेवी नगरपालिका–३ का ३३ बर्षीय श्याम बहादुर पौडेल र बुढिगंगा गाउँपालिका–३ का ३७ बर्षीय बिन्दुराज महतरालाई १३ ग्राम ८५ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।
पक्राउ परेकाहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी गराएको छ।