धरान, धरानमा खुकुरी प्रहारमा संलग्न अभियुक्तहरुलाई पक्राउ गरि सार्वजनिक गरिएको छ।
शुक्रबार इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गरी खुकुरी प्रहारमा संलग्न रहेकाहरुलाई प्रहरीले सार्वजनिक गरेको हो।
गत १२ गते धरान–१० स्थित सैनिक चौकमा धरान–२० का समिर राईलाई धारिलो हतियार प्रहार गरी ज्यान मार्ने प्रयास गरिएको थियो।
मोटरसाइकलमा आएका तीन जनाले खुकुरी र फलामको रड प्रहार गरी राईलाई गम्भिर घाइते बनाएका थिए। मोटरसाइकलमा आएका उनीहरुले राईलाई लखेट्दै खुकुरी र हेलमेटले समेत प्रहार गरी घाइते बनाएर फरार भएका थिए।
उक्त घट्नाको अनुसन्धानका क्रममा घटनामा प्रयोग भएको को २० प ७५६३ नम्बरको मोटरसाइकल चलाउने साईमन चौधरीलाई विराटनगर महानगरपालिका-१३ बाट गत मंगलबार पक्राउ गरिएको पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले बताए।
साथै घटनामा संलग्न पासाङ शेर्पालाई धरानबाट बुधबार र प्रशान्त प्रधानलाई धरानबाट असार बिहिबार पक्राउ गरिएको उनले बताए।
उक्त घटनामा संलग्न मोरङको सुन्दरहरैचा नगरपालिका–१२ बस्ने अजय खड्का भने फरार रहेका छन्। उनलाई पक्राउ गर्न प्रहरीले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।
खुकुरी प्रहारको घटनामा प्रयोग भएको २० प ७५६३ नम्बरको मोटरसाइकल, खुकुरी र एक थान फलामको रड समेत प्रहरीले बरामद गरि सार्वजनिक गरेको छ।
प्रतिवादी साईमन चौधरीलाईसुनसरी जिल्ला अदालतबाटज्यान मार्ने उद्योग मुद्दा शिर्षकमा दिन ७ को म्याद थप भई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।