धरान, गणतन्त्र दिवसको अवसरमा कोशी प्रदेश सरकारले पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने ७ जना अग्रज पत्रकारलाई विशेष सम्मान प्रदान गरेको छ।
प्रदेशमा लामो समयदेखि क्रियाशील रही पत्रकारितामा योगदान दिएका पत्रकारहरूलाई एक कार्यक्रमका बीच आज नगद १ लाख र सम्मानपत्र प्रदान गरिएको हो।
सम्मानित पत्रकारहरूमा झापाका चिन्तामणि दाहाल, मोहनकाजी न्यौपाने, बिमल लामिछाने, धनकुटाका राजेश्वर श्रेष्ठ, सुनसरीकी यशोदा सेने, मोरङका मनोज दाहाल र मोहम्मद सदरुल रहेका छन्।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको उक्त सम्मान कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हस्तान्तरण गरेका छन्।
प्रदेश सरकारले हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा पत्रकारिता क्षेत्रमा समर्पित अग्रजहरूलाई सम्मान गर्दै आएको छ, जसले स्वतन्त्र प्रेसको प्रवर्द्धन र सामाजिक उत्तरदायित्वमा उल्लेखनीय भूमिका खेलेको मानिन्छ।