धरान, २५ औ सस्करणको टेस्टी–टेस्टी गोधुली अन्तर वडा स्तरिय रनिङ कप फुटबल प्रतियोगिताको उपाधि धरान वडा न. १४ न जितेको छ।

धरान रंगशालामा बिहीवार साँझ भएको फाइनल खेलमा धरान वडा न  १५ लाई १-० गोलले पराजित गर्दै १४ न. वडाले उपाधी जितेको हो।

१४ न. वडाको यो दोस्रो जित हो। १४ न. वडा गोधुलीको २१औ संस्करणको बिजेता पनि हो। उपाधीसंगै १४ न. वडाले नगद एक लाख ७५ हजार रुपैया प्राप्त गर्‍यो।

उपबिजेतामा सिमित बनेको १५ न. वडाले नगद एक लाख रुपैयामा चित्त बुझाउनु पर्‍यो। निक्कै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ दुबै टिमले गोलरहित बराबरीमा खेलेका थिए। तर, खेलको दोस्रो हाफमा खेलको २८ औ मिनेटमा १४ न. वडाले  सुरुवाती अग्रता बनाएको थियो।

१४ न. वडाका लागि बिबेक राईले गोल गरेका थिए। खेल अवधिभर गोल फर्काउन नसक्दा १-०  गोलको झिनो अन्तरले १४ न. वडासँग १५ न. वडा पराजित बन्यो।

खेल अवधिभर १५ न. वडाले पनि गोल गर्ने केही अवसर सिर्जना गरेको थियो। तर, पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा १४ औ संस्करणको बिजेता समेत रहेको १५ न. वडाको दोस्रो पटक उपाधी जित्ने चाहना अपुरो रह्यो।

फाइनल खेलको प्लेयर अफ दि म्याच १४ न वडाका आशिस पुरी घोसित भए। उनले नगद ५ हजार ५ सय रुपैया पुरस्कार पाए।

Polish_20250404_134317533बिधागत पुरस्कारतर्फ सर्बोकृष्ट खेलाडी १४ न. वडाका टिम क्याप्टेन बिबेक राई घोसित भए। उनले नगद १५ हजार रुपैया पुरस्कार पाए। यस्तै, प्रतियोगिताको सर्बाधिक गोलकर्ता १७ न वडाका कृष्ण राई घोसित हुँदै नगद ७ हजार ५ सय रुपैया पुरस्कार पाए। प्रतियोगिताभरी उनले ४ गोल गरेका थिए।

यस्तै, बेस्ट गोलकिप्पर १४ न. वडाका राजिभ खड्का, बेस्ट डिफेन्डर १५ न. वडाका आस्तोस राई, बेस्ट मिडफिल्डर १५ न. वडाका एरिक गुरुङ, बेस्ट स्टाइकर १४ न वडाका निमेश तामाङ, बेस्ट कोच १४ न वडाका शिव राई, उदियमान खेलाडी १७ न वडाका सुबाश बिक घोसित भए। उनिहरुले जनही नगद ५ हजार ५ सय रुपैया पुरस्कार पाए।

प्रतियोगिताको बिजेता तथा उपबिजेता खेलाडिहरुलाई ट्रफी, मेडल तथा नगद पुरस्कारहरु धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, निबर्तमान मेयर तिलक राई, कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी भिम दाहाल, १४ न वडाका वडाअध्यक्ष कृष्ण भट्टराई, १० न वडाका वडाअध्यक्ष बिबेक राई, गोधुली क्लबका उपाध्यक्ष सतिस केशीलगायतले बितरण गरेका थिए।

सोही अवसरमा प्रतियोगिता भरी उत्कृष्ट समाचार सम्प्रेश्रण गरेका पत्रकार सुक्रान्त राईलाई नगदसहित सम्मानित गरिएको थियो। गोधुलीले आफ्नो रजत जयन्तीको अवसरमा पहिलो पटक रात्रीकालिन फुटबल खेलको आयोजना गरेको हो।

Polish_20250404_135212393समापन कार्यक्रममा उलेख्य दर्शकहरुको सहभागिता रहेको थियो। गोधुलीको समापनमा चर्चित गायिका तिष्ण गुरुङले समेत प्रस्तुति दिएकी थिइन।  चैत ७ गतेदेखी सुरु भएको प्रतियोगिमा दुई वटा वडा बाहेक १८ वटा वडाको सहभागीता रहेको थियो।

Polish_20250404_124858963