संखुवासभा, संखुवासभा खाँदबारी-९ स्थीत सालघारीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मंगलबार राति भएको दुर्घटनामा मोटरसाईकल पछाडि सवार प्युठान जिल्ला सोमद्वार नगरपालिका- १ का २६ बर्षीय एकम अधिकारीको मृत्युु भएको छ।

खाँदबारीबाट तुम्लिङटार तर्फ जादै गरेको प्रदेश १-०२-०५३ प ८१४७ नम्बरको  मोटरसाईकल अनियन्त्रित भई  दुर्घटना हुँदा पछाडि  सवार रहेका अधिकारी घाईते भएका थिए।

दुर्घटना भए  लगत्तै उनलाई उपचारको लागी जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उपचारको क्रममा उनको  मृत्यू भएको हो।

दुर्घटनामा संलग्न मोटरसाईकल चालक धर्मदेवी नगरपालिका-६ हुम्जुङका २५ बर्षीय आकाश जिमीलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरी रहेको छ।