धरान, आयोजक धरान फुटबल क्लब सडनडेथमा पराजित हुँदै धरानमा जारी २५ औ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलबाटै बाहिरिएको छ।

शनिबार धरान रंगशलामा भएको दोस्रो क्वाटरफाइनल खेलमा पाहुना टोली युनाइटेड कर्साङ भारतसंग सडनडेथमा पराजित हुँदै आयोजक धरान पहिलो खेलबाटै बाहिरिएको हो।

सडनडेथमा  धरानका मनोज राईको प्रहार गोल्डपोस्टको माथिल्लो बारमा ठोक्किदै बाहिरिएको थियो भने कर्साङका हेमराज भुजेलको प्रहार गोलमा परिणत भएपछी कर्साङले सेमिफाइनलको स्थान सुरक्षित गरेको हो।

खेलको पहिलो हाफको १८ मिनेटमा कर्साङका हेमराज भुजेलले टिमको लागि पहिलो गोल गरेका थिए।नयन प्रधानको प्रहार धरानका गोलरक्षकले पन्च गरेर फर्काएको रिवाउन्ड बललाई सदुपयोग गर्दै हेमराजले सुन्दर गोल गरेका थिए।

खेलको म्यान अफ दि म्याच पनि उनै हेमराज घोसित हुँदै नगद १० हजारसहित ट्रफी पाए १ पहिलो गोल खाएर दबामा परेको आयोजक टिम धरानका तर्फबाट खेलको पहिलो हाफकै ४४ मिनेटमा धरानका बिनोद राईले गोल फर्काएका थिए।

निर्धारित समयसम्म दुबै टिमले १९१ गोलको बराबारी खेलेपछी खेल सिधै टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा धरानका दोर्जे तामाङ, बिबेक राई, सुगम जिमी, कार्लोस साम र बाफोरले गोल गरेका थिए भने कर्साङको तर्फबाट बिशाल छेत्री, सदिश  राई, स्रिजल राई, रुस्ताम प्रधान र राज रोउथले गोल गरेका थिए।

टाइब्रेकरमा दुबै टिमले ५९५ गोलको बराबरी खेलेपछी खेलको छिनोफानो सडनडेथबाट लिइएको थियो। सोमबारको तेस्रो क्वाटरफाइनल खेल राजा क्लब इटहरी र पाहुना टोली आरटिसी एफसीबिच हुने आयोजक धरान फुटबल क्लबले जनाएको छ।

माघ २६ गतेसम्म सन्चालन हुने प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजकले जनाएको छ।Messenger_creation_1C74A03E-9456-4C60-AE31-DB6FC4F4EE75